काठमाडौँ । वामपन्थी नेता तथा मातृभूमि जागरण अभियानका अभियन्ता डा भीम रावलले भारतसँगको सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनुपर्ने प्रावधान के भयो भनेर सरकारसँग प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा आइतबार बिहान लेख्दै उनले नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो भनेर समेत प्रश्न गरेका छन् ।
‘सरकारले हाल भारतसँग सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले लामो समयदेखि अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनु पर्ने र नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?’, रावलले भनेका छन्, ‘गृहमन्त्रीले संसदमा स्पष्ट गर्नुपर्छ । सांसदले थाहा पाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने