एजेन्सी । केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताए। यसअघि साताको सुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए।
उनले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।
यसै महिनाको सुरुवातमा नै ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थाइल्यान्ड र कम्बोडियामा पुग्ने अमेरिकी समानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका लागि प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए।
उनले यसका लागि आसियनको नेतृत्व गरी रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि प्रयास गरेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा
थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता
थाइल्यान्ड-कम्बोडिया सैन्य झडपमा १२ जनाको मृत्यु
थाइल्याण्ड र कम्बोडियाको सीमामा सेनाहरुबीच गोली हानाहान