नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो ।
त्यसपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,’ भण्डारीले भनेकी छिन् ।
साथै, उनले आफूलाई रोक्ने गरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् ।
‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रूपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन,’ उनले भनिन्, ‘छलफल गरिकन विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’
उनले यी सबै कुराहरू भावनामा बगेर नबोलेको पनि पत्रकार सम्मेलनको क्रममा बताइन् ।
‘यो पार्टी बनाउन म लगायत हजारौँ योद्धा र सदस्यले रगत पसिना लगाएको छ । यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
एमाले महाधिवेशनलाई शुभकामना दिँदै विद्या भण्डारीले यस्तो भनिन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी