काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरवारमार्गस्थित होटेल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् ।
संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाको प्रतिबद्धता : ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’
‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोड्दिनुस्’ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला