डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०८२, १४ : ३६
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरवारमार्गस्थित होटेल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् ।

संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस