ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०८२, १३ : ०३
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’

 काठमाडौं । यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ ।

शाही प्रतिनिधि सभा सदस्य हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन् । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस