काठमाडौ । नेकपा एमालेको सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ।
मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले गरेको यो निर्णयसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुन नपाउने देखिएको छ।
एमालेका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्य स्वत: राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने र विधान महाधिवेशनका हकमा यसअघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने व्यवस्था यथावत् राख्ने निर्णय गरेको हो।
थपिएका नयाँ केन्द्रीय सदस्य आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुने पाउने निर्णय भएको उनले बताएका छन्।
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर एमालेको अध्यक्ष पदमै लड्ने चर्चा भइरहेका बेला उनलाई विधान महाधिवेशनमा पनि सहभागी हुन नपाउने गरी निर्णय भएको हो।
यसैगरी एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीका पक्षमा खुलेर लागेका ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद पनि खारेज गरेको छ। एमाले सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ बाट घटाएर १५ मात्र राख्ने निर्णय गरेको छ।
यसमा अब पार्टीमा अध्यक्ष, महासचिव र उपमहासचिव, पाँच जना उपाध्यक्ष र सात सचिव रहने अनौपचारिक सहमति भएको एमालेका एक पदाधिकारीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न