काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकको एजेन्डा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषय रहेको पौडेलले जानकारी दिए ।
‘स्थायी समिति बैठक १६ गते बस्ने निश्चित भयो । जागरण अभियानको समीक्षा, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ’, उनले भने ।
एक वर्षपछि माओवादीको स्थायी समिति बैठक बस्न लागिएको हो । गतवर्ष साउनको अन्तिम साता बैठक बसेको थियो । अघिल्लो वर्ष उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, समस्या र समाधानको विषयमा १४ बुँदे प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०८२, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन