अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि भएन: अध्यक्ष ढकाल

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, २० : ०४
अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि भएन: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि हुन नसकेको बताएका छन् । 

महासंघद्वारा काठमाडौँमा आयोजित ‘नेपालको सन्दर्भमा औपचारिकीकरणको प्रगति र महत्त्व’ विषयक कार्यक्रममा उनले अनौपचारिक क्षेत्रलाई औपचारिक बनाइए प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्ने जनाए । 

‘अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि हुन सकेको छैन । हाम्रो अनौपचारिक क्षेत्र औपचारिक बनेपछि प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्छ,’ ढकालले भने, ‘तर नेपालमा व्यवसायको दर्ता प्रक्रिया जटिल र महँगो भएको कारण पनि धेरै वटा व्यवसाय नियमनको दायरामा आउन चाहँदैनन् ।’

नियमनको दायरामा आइसकेकालाई झन् बढी नियम थपिरहेको उनले बताए । ‘ इन्सेन्टिभ दिएर वा कसरी हुन्छ अनौपचारिक क्षेत्रलाई नियमनको दायरामा ल्याउनु पर्छ,’ उनले भने, ‘व्यवसायको औपचारिकीकरण विकल्प होइन, अनिवार्य हो ।’

प्रतिक्रिया दिनुहोस