काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
बेलायत-नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरूलाई लगानीको लागि आग्रह गरेका हुन्।
नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लण्डन स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि भएन: अध्यक्ष ढकाल
नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन: अध्यक्ष ढकाल
औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न जरुरी छ: अध्यक्ष ढकाल
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ: अध्यक्ष ढकाल