ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, १५ : ०७
ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग

कठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका छन् । उनले ओली क्याविनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोपसँगै नेपालले विश्वमै कीर्तिमान राखेको टिप्पणी गरे ।

उनले भने, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ।’ सांसद शाहीको भनाइमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति गरिन् । प्रधानमन्त्रीमाथि शाहीले तथ्यहीन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन उनले माग गरिन् । समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै बरालले आपत्ति जनाइन् ।

 

प्रतिक्रिया दिनुहोस