कठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका छन् । उनले ओली क्याविनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोपसँगै नेपालले विश्वमै कीर्तिमान राखेको टिप्पणी गरे ।
उनले भने, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ।’ सांसद शाहीको भनाइमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति गरिन् । प्रधानमन्त्रीमाथि शाहीले तथ्यहीन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन उनले माग गरिन् । समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै बरालले आपत्ति जनाइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'