काठमाडौँ । नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठकले विभिन्न ४ वटा विषयमा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा सोमबार सम्पन्न बैठकले पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आसन्न विधान महाधिवेशन, राष्ट्रिय राजनीतिक परिस्थितिबारे निर्णय लिइएको विभागका सचिव माधव ढुंगेलले बताए ।
बैठकले पछिल्लो समय पार्टी र नेतृत्वमाथि भइरहेको हमला र गलत अफवाहको प्रतिवाद अझै नपुगेको निष्कर्ष निकालेको छ । त्यस्तै पार्टी कमिटी र जनसंगठनका अधिवेशनका क्रममा जिम्मेवारी बाहिर रहेका नेता/कार्यकर्तालाई यथाशीघ्र उपयुक्त जिम्मेवारीमा व्यवस्थापन गर्न सम्बन्धित नेतृत्वलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
पार्टीको सदस्यता नवीकरणपूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने व्यवस्थामा जाने, सदस्यता अभिलेखीकरण र विस्तारको निरन्तरता, समुदायसँग जनसंगठन, दुई पुस्ता सँगसँगैलगायतका अभियान चलाउने पनि निर्णय गरिएको छ ।
भदौ २०-२२ मा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनबारे केन्द्रीय कमिटी बैठकको प्रस्तावमा मर्यादित ढंगले छलफलमा भाग लिन र सुझाव पठाउन पनि पार्टी पंक्तिलाई आव्हान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न