काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन् ।
नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता औँल्याएक हुन् ।
“आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,” उनले भने, “अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।”
मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौलारोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिए ।
मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताए । उनले नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरीटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातमालोले मात्रै व्यवस्थित गराउन सकिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्य मन्त्रीको चेतावनी
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
संयुक्त राष्ट्रसंघीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन