काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि आज (सोमबार) का लागि तय गरिएको छ।
आइतबार सभापति शेरबहादुर देउवाको भाडाको निवास (महाराजगन्ज) मा बसेको पदाधिकारी र केही नेतासहितको छलफलमा पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको हो।
आज दिउँसो २ बजे बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ।
एक महिनाअघि नै सुरु कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन विवादकै कारण अवरुद्ध छ।
गत असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति देउवाको निर्देशनबमोजिम निकास निकालेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
काँग्रेस संसदीय बोर्डको बैठक बस्दै
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह