एजेन्सी । लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा कब्जा जमाएको छ।
संयुक्त राष्ट्र सङ्घका अनुसार इजरायलले गाजा खाली गराउने घोषणा गरेपछि त्यहाँको ८६ दशमलव १ प्रतिशत स्थान इजरायली सेनाले कब्जा गरेको हो। पछिल्लो इजरायली आक्रमणमा दुई अमेरिकी नागरिकको पनि ज्यान गएको छ।
आक्रमणपछि राहत लिन गएका ३४ जनाको ज्यान गएको त्यहाँको मेडिकल श्रोतले जानकारी दिएको छ। योसहित गाजामा एकै दिन ११० जना मारिएका छन्।
यस मध्य जाबालियाको घरमा नै आक्रमण गरेर १६ जनाको ज्यान लिइएको छ। इजरायली आक्रमण उत्तरी गाजामा बढी रहेको छ। लगातार बम बारी भएको छ भने शनिबार मात्र ४० वटा मिसाइल प्रहार गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ असार २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का