नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, १० : ५७
नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ । आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको छ ।

बैठकमा सहभागी नेता राजेन्द्र बजगाईँले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए । नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए ।

आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस