काठमाडौ । नेकपा एमालेले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि आज जनसंगठनको भेला बोलाएको छ।
संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार बिहीबार बिहान साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यलय च्यासलमा भेला बोलाइएको हो। भेलामा सबै २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्षसहित सबै पदाधिकारीहरु सहभागी हुनेछन्।
भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार भेलाले विविध जिम्मेवारी प्रदान गर्ने ढकालले जानकारी दिए।
भेलामा सहभागी हुने नेता कार्यकर्तालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन दिने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी