काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेकी छिन् ।
नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएकोमा आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गरेकी छिन् ।
उपसभामुख रानाले भनिन्, “बाढीले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न साथै उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकलाई अपिल पनि गर्दछु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख राना
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
जलवायुका मुद्दामा संसदको भूमिका प्रभावकारी बनाउनुपर्छ : उपसभामुख राना
उपसभामुख रानामगरविरुद्ध संसदीय समितिमा उजुरी