काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताएकी छन्। किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको य:मरि पुन्ही-धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताएकी हुन् ।
उपसभामुख रानाले भनेकी छन्, “सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ, यही विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो ।”
उनले वर्तमान राष्ट्रिय परिस्थितिले हामी सबैलाई लोकतान्त्रिक मूल्य-मान्यता, विधिसम्मत शासन र उत्तरदायी संस्थाहरूलाई अझ मजबुत बनाउन आह्वान गरिरहेको उल्लेख गरेकी छन् । त्यसका लागि जनताले देखाएको विश्वासलाई निरन्तरता दिन सबै जिम्मेवार ढङ्गले अघि बढ्नु अहिले सबैको कर्तव्य भएको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी निर्वाचन स्थायित्व र संवैधानिक यात्रालाई सबल बनाउने अवसर हो: उपसभामुख राना
संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नभएपछि ममाथि राजनीतिक षड्यन्त्र गरियो: उपसभामुख राना
बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह
योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख राना
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना