काठमाडौँ । उपसभामुख इन्दिरा रानाले माघी पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण गरेको बताएकी छिन् ।
उनले थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायहरूले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
उपसभामुख रानाले विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गरेकी छिन् “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्, नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमंग र उत्साहका साथ एकापसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्”, उनले भनेकी छिन् ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलनसमेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ माघ २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति हो : उपसभामुख राना
आगामी निर्वाचन स्थायित्व र संवैधानिक यात्रालाई सबल बनाउने अवसर हो: उपसभामुख राना
संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नभएपछि ममाथि राजनीतिक षड्यन्त्र गरियो: उपसभामुख राना
बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह
योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख राना