काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले संकटग्रस्त अवस्थामा रहेको दाबी गरेका छन् । पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गदै एमालेभित्र अन्तरसंघर्ष चर्किरहेको बताए ।
उनले भने, ‘अब त्यसको भविष्य के हुने हो ? त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको सिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्ति बोकेकाहरूलाई परास्त गर्नुपर्छ ।’
उनले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताए । उनले थपे, ‘सरकारले जनचाहनालाई सम्बोधन गर्न सकेको छैन । त्यसैले यो सरकारले जनताको विश्वास जित्न सक्दैन, कुनै परिणाम दिन पनि सक्दैन। त्यसैले यो सरकार जनविरोधी हो, यो सरकारलाई साथ दिन सकिँदैन । यो सरकारको पतन आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश