काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले संकटग्रस्त अवस्थामा रहेको दाबी गरेका छन् । पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गदै एमालेभित्र अन्तरसंघर्ष चर्किरहेको बताए ।
उनले भने, ‘अब त्यसको भविष्य के हुने हो ? त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको सिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्ति बोकेकाहरूलाई परास्त गर्नुपर्छ ।’
उनले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताए । उनले थपे, ‘सरकारले जनचाहनालाई सम्बोधन गर्न सकेको छैन । त्यसैले यो सरकारले जनताको विश्वास जित्न सक्दैन, कुनै परिणाम दिन पनि सक्दैन। त्यसैले यो सरकार जनविरोधी हो, यो सरकारलाई साथ दिन सकिँदैन । यो सरकारको पतन आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव