काठमाडौँ । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १२ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको जानकारी दिए । सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरिएको उनले बताए ।
उनका अनुसार तस्कर समूहले भारतीय भू-भागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए । तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
सर्लाहीमा हुरीका कारण ६ जना घाइते