काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा विचार मिल्नेसँग एकता गरेर जाने ब्रिफिङ गरेका छन् । आज बसेको सचिवालय बैठकमा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन प्रयत्न गर्नुपर्ने बताए ।
उनले भने, ‘अब हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ । हामी कम्युनिष्ट एकताको पक्षमा छौँ । त्यसैले विचार मिल्नेसँग विचार मिल्नेसँग एकता गरेर जान्छौँ । नभए कार्यगत एकता, सहकार्य पनि गर्न सकिन्छ ।’
आज बैठक केही समय मात्रै बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले लगाएको मुद्दा लगायतको विषयमा छलफल भएको थियो ।
अध्यक्ष नेपालविरुद्ध मुद्दा लागेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि चर्चा भएको थियो । उनले आज बैठकमा बोल्नको लागि समय मागेकी थिइन् । तर पत्रपछि नेताहरूको स्वास्थ्यमा समस्या आएको देखाउँदै बैठक सारियो । अर्को बैठक २२ गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल