काठमाडौँ । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।
सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति