काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन बढेको हो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो । जसमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ४ अर्ब ५६ करोडको भयो ।
१८२ कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार