काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन बढेको हो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो । जसमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ४ अर्ब ५६ करोडको भयो ।
१८२ कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७६७ अंकमा झर्यो
सेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो
नेप्से परिसूचक ९ अंकले बढ्यो
सेयर बजारका सबै सूचक घटे
बढ्यो सेयर बजार, ७ अर्ब ४६ करोडको कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार