काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसद बडूले निजामती विधेयकलाई अब राष्ट्रिय सभाबाट सुधार गर्नु पर्ने बताएका हुन् ।
‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्यो,’ उनले भने, ‘त्यसअघि कसरी यसलाई सच्याउने भन्नेमा पनि ध्यान दिनुपर्छ ।’
गल्ती भएकै हो भन्ने स्वीकार गरेर सरकारले यसलाई सच्याउनु पर्ने बताएका उनले मन्त्रीले सरकारको तर्फबाट राष्ट्रिय सभामा संशोधनसहितको विधेयक पेश गर्नु पर्ने बताए । तर, अहिलेसम्मको प्रतिक्रिया देख्दा सरकारले यसमा सहयोग गर्ला जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।
सभामुखले संसदीय छानबिन समिति गठनका लागि र विधेयक सच्याउनका लागि सहयोग गर्नु पर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक जारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुन्छ: काँग्रेस
कांग्रेस पदाधिकारी बैठक बस्दै