काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जन निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन् ।
नागार्जुन नगरपालिका-७ मा आयोजित एक समारोहमा उनले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गरे । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रूपमा आफ्नो परिचय बनाएका पूर्व प्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अंगालेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उनले पुर्याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ असार २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता