काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जन निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन् ।
नागार्जुन नगरपालिका-७ मा आयोजित एक समारोहमा उनले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गरे । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रूपमा आफ्नो परिचय बनाएका पूर्व प्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अंगालेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उनले पुर्याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ असार २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति