काठमाडौँ । मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ ।
सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समावेश यस क्षेत्रका कार्य योजना द्रुतगतिमा कार्यान्वयन भइरहेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्य योजनामा समावेश भएका कतिपय कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको छ ।
क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युत्को आन्तरिक खपत वृद्धि र विद्युत् निर्यातका स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको छ ।
सो रणनीतिको मूल आधारमा आन्तरिक विद्युत् खपतमा उल्लेख्य वृद्धि गर्दै घरायसी भान्साबाट एलपी ग्यास विस्थापन गर्ने, सार्वजनिक तथा निजी क्षेत्रमा विद्युतीय सवारीलाई प्राथमिकता दिने उल्लेख छ ।
उद्योगमा प्रयोग हुने खनिज इन्धनलाई विद्युतीय प्रणालीले विस्थापन गर्ने रहेको छ । विद्युत् महसुललाई उपभोक्तामैत्री बनाउने, वितरण प्रणालीलाई आधुनिक ‘स्मार्ट ग्रीड’मा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको हिस्सा बढाउने र राष्ट्रिय प्रसारण प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने मन्त्रालयको लक्ष्य छ ।
सो रणनीतिले नेपालको स्वच्छ ऊर्जालाई अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा पुर्याउने र उच्च मूल्य प्राप्त हुने साँझको पिक समयमा निर्यात केन्द्र स्तर गरी अधिकतम लाभ हासिल गर्ने मार्गचित्र तय गरेको छ । विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता, नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार र कानुनी जटिलताको समाधानलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।
सर्वेक्षण अनुमति पत्रको पाँच वर्षको अवधिमा आयोजनाको प्रवर्द्धक कम्पनीको शेयर संरचना उत्पादन अनुमति प्राप्त गरेपछि मात्रै परिवर्तन गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । जसले वास्तविक लगानीकर्तालाई प्रोत्साहन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ असार २०८३, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'