काठमाडौं । शनिबार सार्वजनिक बिदाको दिन पनि विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सांसदहरू सक्रिय भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितितिको बैठक राखिएको छ ।
विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा दलहरूबीच सहमति जुटेको छ । कतिपय विषयमा सहमति जुट्न बाँकी छ । सहमति जुटाउन सांसदहरू शनिबार पनि सक्रिय भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पनि विधेयकमा सहमति जुटाउन सक्रिय छन् । मन्त्रिपरिषद्को बैठक छोडेर समेत उनी विधेयकमा सहमति जुटाउन सक्रिय रहेको उनको सचिवालयले जनाएको छ ।
हालसम्म दलहरूबीच प्रारम्भिक वालविकास दुई वर्षे बनाउनेमा सहमति जुटेको छ । यसमा सरकार पनि तयार भएको छ । वाल विकास पढाउनेलाई शिक्षकको रुपमा मान्यता दिने विषयमा भने छलफल जारी छ ।
निजी विद्यालयको सम्बन्धमा सहमति जुटेको छ । हाल सञ्चालनमा रहेका निजी विद्यालय निरन्तर सञ्चालनमा रहनेछन् । तर, यिनलाई क्रमश लोककल्याणकारी र सेवामुल बनाउँदै लैजाने भनिएको छ । तर, यसको समय भने तोकिएको छैन ।
सरकारले यही असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने भनेको थियो । त्यो सीमा भोलिसम्म हो । शिक्षक महासँघसंगको सहमति अनुसार समयमै विधेयक पास गर्ने प्रयासमा संसदीय समिति लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा