काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौँको कलंकीमा पार्टीका नेताहरू उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसकोविरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।
शुक्रबारबाट काठमाडौँका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो