चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक दिनको १ बजे भरतपुरस्थित होटल सीएमटीको बैठक हलमा आयोजना गरिएको हो।
रास्वपाले आइतबारदेखि चितवनमै आफ्नो राष्ट्रिय महाधिवेशन सुरु गर्न लागिरहेको बेला त्यसको तयारीका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जनाएको छ।
बैठकमा महाधिवेशनको तयारी, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदन, पार्टी विधान संशोधन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार बैठकमा पाँचवटा एजेण्डा समावेश गरिएको छ। जसमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि सम्बन्धी विषय, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन तथा विविध विषय रहेका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनमार्फत पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। त्यसअघि बस्ने केन्द्रीय समिति बैठकलाई महाधिवेशनको तयारी र व्यवस्थापनलाई अन्तिम रूप दिने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी