काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न आइतबार पदाधिकारी बैठक बोलाएका हुन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आइतबार बिहान साढे १० बजे सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने जानकारी आफूलाई आएको बताइन् । उपाध्यायले पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने जानकारी दिइन् ।
गत साउनपछि बल्ल बस्न लागेको कांग्रेसको नियमित कार्यसमितिको बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
बैठकले गत भदौ यता कार्यसम्पादन समितिले बैठकले गरेको निर्णय पनि अनुमोदन गर्ने महामन्त्री गगन थापाले बताए । बैठकमा पार्टीसमेत सहभागी सरकारका काम कारबाही, राष्ट्रिय राजनीति र पार्टीको १५ औँ महाधिवेशनको पहिलो खुट्किलो पार्टी सदस्यताबारे समेत छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापतिको राजीनामा पछि कांग्रेसमा अब के हुन्छ ? (प्रक्रियासहित)
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
काँग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने काँग्रेसको निर्णय