काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न आइतबार पदाधिकारी बैठक बोलाएका हुन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आइतबार बिहान साढे १० बजे सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने जानकारी आफूलाई आएको बताइन् । उपाध्यायले पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने जानकारी दिइन् ।
गत साउनपछि बल्ल बस्न लागेको कांग्रेसको नियमित कार्यसमितिको बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
बैठकले गत भदौ यता कार्यसम्पादन समितिले बैठकले गरेको निर्णय पनि अनुमोदन गर्ने महामन्त्री गगन थापाले बताए । बैठकमा पार्टीसमेत सहभागी सरकारका काम कारबाही, राष्ट्रिय राजनीति र पार्टीको १५ औँ महाधिवेशनको पहिलो खुट्किलो पार्टी सदस्यताबारे समेत छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र