फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

एजेन्सी

सोमबार, ०९ असार २०८२, ०७ : ५५
फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

एजेन्सी । फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मेक्सिको क्लब पाचुकालाई ३–१ गोलले हराउँदै रियलले सहज जित निकालेको हो ।

रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्डेले एक–एक गोल गरेका थिए । पाचुकाका लागि एलियास मोन्टेसले एक गोल फर्काएका थिए ।

खेलमा रियल १० खेलाडीमा सीमित भएको थियो । राउल एसेननिसियाले सातौँ मिनेटमा नै रातो कार्ड पाएका थिए ।

यो जितसँगै दुई खेलबाट रियल मड्रिड ४ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको पाचुका अंकविहीन छ ।

यसैगरी, आइतबार राति नै भएको सोही समूहको अर्को खेलमा रेड बुल साल्जब्रग र अल हिलाल बिच गोल रहित बराबरी भएको छ ।

प्रतिक्रिया दिनुहोस