सहिद स्मृतिले धनधान्याचल ज्ञान महायज्ञ गर्ने

सफल खबर संवाददाता

विहीबार, ०६ मंसिर २०७५, १७ : ०६
सहिद स्मृतिले धनधान्याचल ज्ञान महायज्ञ गर्ने

चितवन । भरतपुर ६ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालय पारसनगरले धनधान्याचल ज्ञान महायज्ञ गर्ने भएको छ । पौष ५ गतेदेखि १३ गतेसम्म धान्याचल ज्ञान महायज्ञ गर्ने महायज्ञ तथा स्वर्ण महोत्सव मूल समारोह समितिले जनाएको छ । 
पौष ५ गते कलशयात्रा पूर्वाङ्क र समुद्घाटन हुने छ । पौष ६ देखि १२ गते सप्ताह पाठ पारायण तथा कथा वाचन हुनेछ भने पौष १३ गते कार्यक्रमको समापन हुने महायज्ञ सचिवालय समतिका प्रल्हादचन्द्र लम्सालले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस