पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा क्यान्सर अस्पतालको नर्सिङ अंकोलोजी कार्यक्रमको उद्घाटन

विहीबार, ०६ मंसिर २०७५, १३ : १८
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा क्यान्सर अस्पतालको नर्सिङ अंकोलोजी कार्यक्रमको उद्घाटन

भरतपुर । बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरसम्बन्धी संयुक्त आंगिक नर्सिङ कार्यक्रम सुरु भएको छ । नर्सिङ कार्यक्रमको आज पूर्वप्रधानमन्त्री चितवन क्षेत्र नम्बर ३ का सांसद एव नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।

पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले क्यान्सर रोग जसरी भयरहित रुपमा देखिएकाले यसको निदानको लागि दक्ष जनशक्ति उत्पादन गर्नु आजको मुख्य आवश्यकता रहेको बताए ।

प्रचण्डले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर विशेषज्ञ उत्पादन गर्न खेलेको महत्वपूर्ण भूमिकाको प्रशंशा गर्नुएको थियो । क्यान्सर रोग साँचिकै क्यान्सर जस्तै गरी फैलिएको छ’ उहाँले भन्नुभयो, ‘रोग विभिन्न रुपमा विस्तारित भएको छ । यो रोग विरुद्ध लड्ने सार्मथ्यको पनि वृद्धि गर्नुपर्ने अवस्था आएको छ ।’ नेकपाका अध्यक्ष प्रचण्डले अंकोलोजी कार्यक्रमले क्यान्सर रोग विरुद्ध नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । यस वर्ष २० विद्यार्थीलाई नर्सिङ पढाइने अस्पताले जनाएको छ । नेपालमा पहिलो पटक अर्बुदरोगसँग सम्बन्धित नर्सिङ पढाइ शुरु गरिएको अस्पतालको दाबी छ ।


अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पहिलो दुई वर्ष जनरल नर्सिङ र त्यसपछिको एक वर्ष अर्बुदरोगसम्बन्धी पढाइ गरिने जानकारी दिनुभयो । अस्पतालमै विज्ञ प्राध्यापक भएकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उहाँको भनाइ छ । प्रमाणपत्र तहको नर्सिङ उत्तीर्ण गरेकाहरुले यस विषयको अध्ययन गर्न पाउने छन् । अस्पतालमा नर्सिङ कार्यक्रम सुरु भएसँगै जनशक्ति अभाव नहुने उहाँले बताउनुभयो । यस विषयको पढाइ नहुँदा हाल अस्पतालमा सामान्य नर्सिङ पढेकाहरुबाट काम लिइँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस