एजेन्सी । इरान र इजरायलबिच लडाइँका क्रममा इरानकाे मिसाइल आक्रमण राेक्न इजरायलको दैनिक अर्बौं रुपैयाँ खर्च भइरहेको र त्यसलाई निरन्तरता दिन इजरायललाई गार्हो हुने रिपोर्टहरु आएका छन् ।
इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले यसको स्रोतहरूमा अत्यधिक दबाब परेको वाशिङ्टन पाेस्टमा रिपोर्ट प्रकाशित भएकाे छ ।
साे रिपोर्ट अनुसार इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीकाे अनुमानित खर्च प्रतिदिन झण्डै २८५ मिलियन अमेरिकी डलर पर्छ । जुन नेपाली रुपैयाँ अनुसार दैनिक ३९ अर्ब पर्न जान्छ ।
वाशिङ्टनपाेस्टका अनुसार विज्ञहरूले चेतावनी दिएका छन् कि यदि अमेरिका बाट पुनआपूर्ति नभएमा इजरायलसँग रहेका यो प्रणाली १० देखि १२ दिनभन्दा बढी टिक्न सक्दैन । इजरायलसँग भएको प्रतिरक्षा प्रणाली १०/१२ दिनमै सकिनेछ ।
याे रिपोर्टले इजरायललाई दवावमा पारेकाे छ । सो बाहेक आक्रमणमा हुने खर्च र इरानकाे आक्रमणबाट हुने मानविय र भाैतिक क्षति उल्लेखनिय छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ असार २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक