काठमाडौँ । इजराइल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल इजराइलमा करिब ५५०० र इरानमा करिब १२ जना नेपालीहरू रहेका छन् र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।’
परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
मन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि राजदूतहरूलाई निर्देशन दिएकी छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’