शिक्षामा गुणस्तर वृद्धि आजको आवश्यकता : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १७ : ४४
शिक्षामा गुणस्तर वृद्धि आजको आवश्यकता : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको लागि शिक्षामा गुणस्तर वृद्धि आजको आवश्यकता भएको बताउनु भएको छ । साझापुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बुधबार चितवनको साझापुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसको लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यक छ ।’ शिक्षामा लगानी बढाएर शिक्षाको गुणस्तर वृद्धि गर्ने काममा सरकारको साथ रहने अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले पश्चिम चितवनको शैक्षिक विकासमा साझापुर माविले पु¥याएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सांसद विकास कोषबाट २० लाख रुपैयाँ दिने बताउनु भयो । सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिका लागि लाग्न उहाँले सरोकारवालालाई आग्रह समेत गर्नुभयो ।

आजभन्दा ६४ बर्ष अगाडि स्थापना भएको विद्यालयले यस वर्ष स्वर्ण जयन्ती मनाएको हो । विद्यालयमा कुमाल, बोटे, थारू, मुसहर तथा जनजाति समुदायका ६ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले २०६७ सालदेखि १२ कक्षासम्मको पढाई सञ्चालन गर्दै आएको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयका संस्थापक चिधारी महतो र विद्यालयकोे स्वर्ण स्मारकको प्रतिमा प्रतिस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस