एजेन्सी । इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्।
इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको बताए।
उनले भने, ‘हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ।’इरावानीले अमेरिकालाई पनि दोषी ठहर गर्दै उसले इजरायललाई हतियार र सहयोग दिएको आरोप लगाए। साथै, उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको निन्दा गर्न र उसलाई जबाफदेही बनाउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३१ जेठ २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का