काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानबिन समिति बन्ने बताएका छन्।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोसिस आफूहरूले गरे पनि सफल हुन नसकेको बताए।
उनले एक महिनाभित्र छानबिन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने बताए।
उनले भने, ‘एक महिनाभित्र छानबिनको लागि प्रक्रिया अघि बढ्छ, समिति बन्छ। सबै विपक्षीलाई एक ठाउँमा ल्याउन कोसिस गरेका हौँ। सम्भव भएन। एक महिनाभित्र छानबिन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले रोक्दैन।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन