काठमाडौं । विपक्षी दलको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच छलफल भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा अहिले दुईजनाको भेट चलिरहेको हो ।
बैठकमा सदनको जारी अवरोध हटाउने र पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको छ । दुई नेताबीचको छलफललगत्तै विपक्षी दलको बैठक बस्ने तयारी छ ।माओवादी र नेकपा एस सदन खोल्न लचक छन् । तर, रास्वपाले गृहमन्त्री लेखकको राजीनामासहित आफूले अघि सारेको पाँच बुँदे प्रस्ताव कार्यान्वयन हुनुपर्ने अडानमा छ । त्यसबारे आजको बैठकले निर्णय लिनेछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । तर, अहिलेसम्म दलहरुबीच सहमति जुटिसकेको छैन। सत्तापक्ष माओवादीले अघि सारेको दुई बुँदे ड्राफ्टमा सहमत देखिएको छ । रास्वपाले माओवादीले पनि आफूहरुले अघि सारेको प्रस्तावमा सहमत रहेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: प्रचण्ड
जागरण अभियानले जनतामा आशा जागेको छ: ‘प्रचण्ड’
राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड
डोनाल्ड लुसँग ‘प्रचण्ड’ले भने-‘सत्ता–प्रतिपक्ष नभनी शान्ति प्रक्रिया टुंग्याउँदैछौं
नेपाललाई शान्तिको नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न जुटौं : प्रचण्ड
माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाती गर्नुपर्छ : जनार्दन शर्मा