काठमाडौं । सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएपछि सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँसम्मले बढेको छ । यसअघि प्रतिटन सिमेन्टमा २ सय २० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढाएर मूल्यको ५ प्रतिशत पुर्याइएपछि सिमेन्टको मूल्य बढेको सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले बताए ।
‘पहिला प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लाग्थ्यो, बढेपछि ३५ रुपैयाँसम्म पुग्यो, त्यसै हिसाबले मूल्य बढेको छ,’ अध्यक्ष मारुले अनलाइनखबरसँग भने, ‘औसतमा प्रतिबोरा २० रुपैयाँले भाउ बढेको छ ।’ सिमेन्टको ब्रान्ड र प्रकार अनुसार मूल्य बढेको उनले बताए ।
सिमेन्ट उत्पादकहरूले उद्योग घाटामा गएको र चलाउन नसकिने अवस्था आएको भन्दै २०८१ मंसिर–पुसदेखि २–३ दिनको अन्तरालमा सिमेन्टको भाउ बढाउँदै आएका थिए। उनीहरूले भाउ बढाएपछि ‘कार्टेलिङ’ गरेको आरोप लागेको थियो ।
पहिला प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लाग्थ्यो, बढेपछि ३५ रुपैयाँसम्म पुग्यो, त्यसै हिसाबले मूल्य बढेको छ ।
अर्घखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले अन्तःशुल्क दर मूल्यको ५ प्रतिशत कायम गरिएपछि सिमेन्टको भाउ प्रतिबोरा १५ देखि २० रुपैयाँ वृद्धि भएको बताए । उनका अनुसार नयाँ दर कायम भएपछि ठाउँ अनुसार मूल्य बढ्ने छ ।
नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सिमेन्टको भाउ प्रतिबोरा २० देखि २५ रुपैयाँसम्म बढेको बताए । उनका अनुसार अहिले निर्माणको सिजन भएको हुँदा असार दोस्रो सातासम्म निर्माणको धेरै काम हुने र माग पनि उच्च रहने छ ।
अत्यधिक मागको समयमा नै सिमेन्टको मूल्य बढेपछि निर्माण थप महँगो हुन जाने र अघिल्ला वर्षहरूका आयोजनामा समस्या थपिने उनले बताए ।
मूल्यवृद्धिको प्रत्यक्ष असर उपभोक्तामा पर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
प्रतिबोरा एक सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य
पूर्वी नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात