काठमाडौँ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो ।
उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि जेठ १४ गते सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नर पौडेलको गुनासो-‘छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाएपछि शरणार्थी बन्नुपर्यो’
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल
बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
बैंकको लाइसेन्सको अवधि किन नतोक्ने भन्दै गभर्नर पौडेलको प्रश्न
गभर्नर पौडेलसँग २३ करोडको सम्पत्ति, १४ करोडभन्दा बढीको सेयर