काठमाडौँ। जेन जेड आन्दोलनको सिकार नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई पनि बनाइएको छ ।
आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमासमेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।
जेन जेड आन्दोलन उग्र भए पनि निसानामा सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता परेका छन् । साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिका सम्पत्तिमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको थिए।
सिंहदरवारसहित अधिकांश सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर तोडफोड र आगजनीमा उत्रिए । सोही क्रममा गभर्नर पौडेल पनि ‘टार्गेट’ मा परेका थिए ।
गभर्नर पौडेलले आफ्नो घर जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनको परिवार ‘शरणार्थी’ हुन बाध्य पारिएको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल
बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
बैंकको लाइसेन्सको अवधि किन नतोक्ने भन्दै गभर्नर पौडेलको प्रश्न
गभर्नर पौडेलसँग २३ करोडको सम्पत्ति, १४ करोडभन्दा बढीको सेयर
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने