काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेले बैंकहरुलाई नयाँ ठाउँ खोजेर लगानी गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
बैंकहरुलाई परेको सबै सहयोग गर्न तयार रहेको बताउँदै गभर्नर पौडेलले भने, ‘कहाँ लगानी गर्ने खोज्नु, कसरी ग्रोथ गर्ने खोज्नु र इन्टरप्रेनरतिर पनि खोजी गर्नु । नयाँ ठाउँ कहाँ छ खोज्नु । जसरी हुन्छ नयाँ क्षेत्र खोजेर लगानी गर्नु ।’
नयाँ ठाउँमा लगानी गर्नका लागि कुनै समस्या भए आफूले सहयोग गर्न तयार रहेको समेत उनले सुनाए । त्यसका लागि सँगै काम गर्न राष्ट्र बैंक पछि नहट्ने उनले बताएका छन् ।
हामीले कहाँ लगानी गर्ने र कसरी प्रतिफल ल्याउने भन्नेबारे वृहत् छलफल गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै, उनले लगानीको तालिका लामो समयदेखि बिग्रिएको उनले बताए ।
गभर्नर पौडेलले भने, ‘जनताको लगानी गर्ने मनोबल अझै माथि उठ्न सकेको छैन । यो जेन जेडपछि मात्रै आएको समस्या पनि होइन । एक दुई वर्षदेखि नै यस्तो समस्या देखिरहेको छ ।’
राज्यले पनि अहिले ह्वात्तै खर्च गर्ने ठाउँहरू नभएकाले बण्ड जस्ता जारी गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ ठाउँ खोजेर लगानी गर्न बैंकहरुलाई गभर्नर पौडेलको निर्देशन
गभर्नर पौडेलको गुनासो-‘छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाएपछि शरणार्थी बन्नुपर्यो’
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल
बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
बैंकको लाइसेन्सको अवधि किन नतोक्ने भन्दै गभर्नर पौडेलको प्रश्न