काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै छन् । आज (मंगलबार) बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिरहेका गभर्नर पौडेलले बुधबार अध्यक्षसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
मौद्रिक नीतिले गरेको नीतिगत व्यवस्था, बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक र दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति गरी तीन वटा एजेन्डासहित छलफल डाकिएको छ । वित्तीय क्षेत्रको पछिल्लो अवस्था, कर्जा प्रवाह र असुली, मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्थालगायत विषयमा छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
नयाँ गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत ब्याजदर बढ्न नदिने, बैंकहरूको कर्जा प्रवाह क्षमता बढ्ने, परिस्थितिजन्य कारण समस्यामा परेका ऋणीलाई कर्जाको पुनर्तालिकीकरण र पुन:संरचनालगायत सुविधा दिएको छ ।
यस्तै, घरजग्गा र सेयर बजारका लागि पनि निकै लचिलो नीति राष्ट्र बैंकले अवलम्बन गरेको छ । उल्लिखित व्यवस्था कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक अप्ठेरालगायत विषयमा बैंकहरुका अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नर पौडेलको गुनासो-‘छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाएपछि शरणार्थी बन्नुपर्यो’
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
बैंकको लाइसेन्सको अवधि किन नतोक्ने भन्दै गभर्नर पौडेलको प्रश्न
गभर्नर पौडेलसँग २३ करोडको सम्पत्ति, १४ करोडभन्दा बढीको सेयर
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने