अंकारा । सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो ।
टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । डराएर झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् । घाइतेहरूको चोटपटकको उपचार भइरहेको र कुनै गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट नआएको भनिएको छ ।
टर्की मुख्य फल्ट लाइनहरूमाथि छ । त्यसैले यहाँ बारम्बार भूकम्प गइरहन्छन् । २०२३ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजार भन्दा धेरैको ज्यान गएको थियो । दक्षिणी र दक्षिणपूर्वका ११ प्रान्तहरूमा हजारौं भवनहरूमा क्षति पुगेको थियो । छिमेकी देश सिरियाको उत्तरी भागहरूमा पनि ६ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
भारतको हरियाणा प्रदेशमा भूकम्प
अलास्कामा शक्तिशाली भूकम्प
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का