काठमाडौं । सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजारको सीमा हटाएको छ ।आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ ।
त्यसभन्दा बढी रकम समेत अब भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।
भारत बाहेक देशका नागरिकले भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै थियो । बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघले भारतीय पर्यटकलाई यो सीमा अन्य विदेशी पर्यटक सरह पुर्याउन माग गर्दै अर्थमन्त्रीलाई सुझाव दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी