काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रको विस्तार आर्थिक अवसर सिर्जना गर्ने मुख्य प्राथमिकता दिएको जनाएको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न मुलुकलाई निर्धारित समय अगाडि नै सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाल्दै अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्ने प्रतिबद्धता गरे । उनले क्रेडिट रेटिङले ल्याएको उत्साहलाई माथिल्लो क्रेडिट रेटिङमा सुधार गर्न आर्थिक क्रियाकलाप अघि बढाइने बताए । उनले निजी क्षेत्रको मनोबल बढाउँदै लगानीको वातावरण बनाउन अध्यादेश मार्फत कानुनमा गरिएको संशाेधनले निजी क्षेत्र उत्साहित भएको बताए ।
उनले भने,‘ सार्वजनिक लगानीलाई प्रतिफल युक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधिलाई आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिनेछ । आर्थिक वृद्धि गर्ने क्षेत्रमा थप कानुनी र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भूमिकामा स्थापित गरिने छ ।’
उनले उच्च स्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने छ । व्यवसायीक र राजश्व प्रणालीलाई सुदृढ बनाइने बताए । उनले वैदेशिक रोजगारीमा रहेका सिप युक्त नेपालीलाई स्वदेशमा उद्यमशील बनाइने बताए । उनले सबै प्रकारकार निराशा चिर्न अग्रसर छ । प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार आर्थिक अवसर सिर्जना गर्ने मुख्य प्राथमिकता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बागमती प्रदेशको बजेट, कुन जिल्लामा कति ?
महोत्तरीका १४ स्थानीय तहको बजेट साढे ९ अर्ब