काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रको विस्तार आर्थिक अवसर सिर्जना गर्ने मुख्य प्राथमिकता दिएको जनाएको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न मुलुकलाई निर्धारित समय अगाडि नै सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाल्दै अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्ने प्रतिबद्धता गरे । उनले क्रेडिट रेटिङले ल्याएको उत्साहलाई माथिल्लो क्रेडिट रेटिङमा सुधार गर्न आर्थिक क्रियाकलाप अघि बढाइने बताए । उनले निजी क्षेत्रको मनोबल बढाउँदै लगानीको वातावरण बनाउन अध्यादेश मार्फत कानुनमा गरिएको संशाेधनले निजी क्षेत्र उत्साहित भएको बताए ।
उनले भने,‘ सार्वजनिक लगानीलाई प्रतिफल युक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधिलाई आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिनेछ । आर्थिक वृद्धि गर्ने क्षेत्रमा थप कानुनी र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भूमिकामा स्थापित गरिने छ ।’
उनले उच्च स्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने छ । व्यवसायीक र राजश्व प्रणालीलाई सुदृढ बनाइने बताए । उनले वैदेशिक रोजगारीमा रहेका सिप युक्त नेपालीलाई स्वदेशमा उद्यमशील बनाइने बताए । उनले सबै प्रकारकार निराशा चिर्न अग्रसर छ । प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार आर्थिक अवसर सिर्जना गर्ने मुख्य प्राथमिकता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट