काठमाडौँ । ट्रेड टावर कम्पनीको प्राथमिक साधारण सेयर (आईपीओ) आजबाट खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३. ८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट