नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

सफल खबर संवाददाता

मंगलबार, १३ जेठ २०८२, १५ : २९
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अङ्कले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८७ अङ्क बढेको छ । फ्लोट इन्डेक्स ०.१ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अङ्कले बढेको छ ।मंगलबार कारोबारमा आएका ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा ८५ कम्पनीको सेयर बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । 

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा बैङ्किङ र विकास बैङ्क उपसमूह सामान्य रूपमा सकारात्मक भएको हो । जसमध्येमा सबै भन्दा धेरै विकास बैङ्क उपसमूहको परिसूचक बढ्दा सबैभन्दा धेरै जीवन बीमाको घटेको छ । 

कारोबार रकममा आधारमा सबैभन्दा धरै युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख १९ हजार बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस